सानो गाउँ , सानो काम तर ठूलो गौरव (आफ्नो गाउँ आफै बचाउँ)

 नेपालमा दोश्रो लहरको कोरोना भाइरस अत्याधिक धेरै फैलदै गएपछी नेपाल सरकारले लकडाउन गर्यो । विभिन्न पेशा ब्यबसायमा आबद्ध हुने सम्पुर्ण साथिभाइ  र आफन्तजन आ-आफ्नो घरमा मत्र सिमित भएर बस्नुको कुनै बिकल्प नै थिएन । म पनि आफ्नो घरमा बसिरहेको थिए ।भर्खरै दोश्रो लहरको कोरोना भाइरसले दिएको पिडा र दुखलाइ जितेर स्वास्थ्य राम्रो हुँदै गरेको अनिभुती गर्दै थिएं । यसै बेला देश र राजनितीको बिषयमा अत्यन्त चासो राख्ने गाउंको भाइ अर्जुन दाहालको मेसेन्जरमा भिडियाे कल आयो । दाइ, गाउँमा कोरोनाको प्रभाव धेरै बढ्दै छ । यो बेला युवाहरु जुटेर केही रकम सङकलन गरेर गाउँका बिपन्न परिवारलाई खाध्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गर्न सके त धेरै राम्रो काम हुन्थ्यो ।


मलाइ पनि उसको कुरा अत्यन्त धेरै मन पर्यो,समय सान्धर्भिक र असल बिचार लाग्यो ।मैले केही अरु सोच्दै नसोची मेरो पुर्ण साथ सहयोग हुन्छ भने र हामी  दुइको विचार मिलेपछि हामीले अगाडि वढ्ने निर्णय गर्यौंँ। हामीलाई सल्लाह सुझाव दिनको लागि गाउँका आदरणीय अग्रज दाइहरु विमल दाहाल, भनु भक्त दाहल र तुलशी दाहाल लाई हाम्रो अभियानमा समावेश भएर साथ दिन आग्रह गर्यौ । वहाँहरुले यस्तो राम्रो कामको लागि हुन्न भन्ने कुरै रहेन । त्यसैगरी हाम्रो अनुरोधमा हामीसंगै रहेर काम गर्न  प्यारा भाइहरु कृष्ण भुजेल र खिला दाहालले समेत साथ दिए ।
 

वर्तमान समयलाई मध्यनजर गर्दै घरमै बसेर कसरी धेरै भन्दा धेरै आर्थिक सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा हामी बीच  धेरै छ्लफल भयो ।अन्त्यमा हामीले सामाजिक संजाल फेसबुक र मेसेन्जरको प्रयोग गरी हाम्रो अभियानको सुरुवात गर्ने निर्णय गर्यौँ । हामीले गाउँका धेरै भन्दा धेरै मानिसलाई  सामाजिक संजाल फेसबुक मार्फत जोड्याैँ ।हाम्रो उद्धेश्य र अभियनको बारेमा प्रष्ट पार्न सफल भए पश्चात् सहयोगी मन हुनुहुने ब्यक्तिहरुबाट उत्साहाजनक रुपमा सहयोग रकम जुट्दै गयो । फलस्वरूप हामिले रु ३००,०००/- (तीन लाख ) आर्थिक सहयोग संकलन गर्न सफल भयौं । यो जटिल परिस्थितिमा  युवाहरुले गर्नु भएको अभियानमा धेरैको सकारात्मक प्रतिक्रिया साथै  राम्रो सल्लाहा सुझाव  समेत प्राप्त भयो । गाउँको स्वास्थ्य चौकी , प्रहरी चौकी , बिध्यालय , कलेज , कोरोना लागेको घर को लागि विशेष सहयोग प्याकेजको ब्यवस्था गर्ने र गाउँका प्रत्यक  घर परिवारलाई  १० पिस मास्क र एउटा साबुनको ब्यवस्था गर्ने निर्णय भयो ।कोरोना संक्रमित बिरामीलाई  अचानक अक्सिजनको कमि भएको खण्डमा तुरुन्त  प्रयोगमस आउने बिश्वासले गाउँको स्वास्थ्य चौकिको लागि अक्सिजन सहितका  ३ सिलिन्डर र सेट समेत लैजाने निर्णय भयो ।




खाध्यान्न लगाएत स्वास्थ्य सामाग्री खरिद पश्चात् हामी गाउँतर्फ लाग्यौं । गाउँमा पुगे पश्चात् वडा अध्यक्ष र अरु विभिन्न सरोकारवाला ब्यक्तिहरुको सल्लाहा र अनुमती लिएर राहात सामाग्री सम्बन्धित सँस्था र ब्यक्तिहरुलाई हस्तान्तरण गर्ने निर्णय भयो । गाउँमा रहेका साथिहरु बिद्या चन्द्र दाहाल ,निरज दाहाल, दिपेन्द्र काफ्ले , राम  तामाङ , सन्जय श्रेष्ठ , प्रदिप दाहाल लगाएतका साथिहरुबीच कार्यविभाजन गरेर मास्क, साबुन, थर्माेमिटर, सेनिटाईजर, चामल , नुन , तेल घर घरमा पुर्याउने काम सफल पार्यौँ। एउटा सानो कार्यक्रम गरेर गाउँपालिका स्वास्थ्य सम्योजक, बिध्यालय प्रध्यानाध्यापक , क्याम्पस प्रमुख , प्रहरी प्रमुख, रमपुर स्वास्थ्य चौकी प्रमुख लगएत मोलुङ २ युवा अभियानका साथिहरुको उपस्थितमा स्वास्थ्य चौकिलाइ अक्सिजन सिलिन्डर , बिध्यालय, क्याम्पस , स्वास्थ्य चौकी, प्रहरी चौकी र वडा कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्यौँ । गाउँमा खाध्यान्नको आवश्यकता छैन भन्ने कुरा पनि आएको थियो तर वास्तवमा घर घर पुगेर केही ब्यक्तिहरुको अत्यन्त दयनिय अवस्था देख्दा वास्तवमै अत्यन्त आवश्यक चिज त यो पो रहेछ भन्ने अनुभूति भयो र हाम्रो निर्णय प्रती धेरै गर्व लाग्यो । 

कठिन परिस्थितिको सामना गरेर कोरोना जित्न सफल भएपछि कोरोना प्रभावित आफ्नो गाउँको लागि सानो भएपनी आफ्नो तर्फबाट केहि गर्न पाएकोमा धेरै गर्व लागेको छ । यो अभियानको बाटाे देखाउने र सफल गर्न हरेक पल साथ रहने भाइ अर्जुन दाहाल प्रती धेरै धेरै आभार । आर्थिक सहयोग गरेर विश्वास गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रती हार्दिक नमन । 

Comments

Post a Comment

Popular posts from this blog

जय फेसबुक