जय फेसबुक

 हिजो आज हामी अत्याधिक धेरै सामजिक संजालको प्रयोगमा ब्यस्त रहन्छौ । मानिसहरुका विचार, दैनिक कृयाकलाप, सुचना मुलक जानकरी, अपृय घटनाका खबर, सन्देश मुलक जानकारी, घुम घामका तस्बिरहरु, ब्यक्तिगत जीवनमा गरिने साना ठुला जमघट तथा कार्यक्रम लागायत धेरै कुरा सामाजिक संजाल मार्फत देख्न र थाहा पाउन मिल्छ । त्यो पनि विशेष गरि फेसबुक मार्फत । हाम्रो समाजले पचाउन सक्ने जस्तो सुकै बिचार र तस्बिरहरु राखेर हामी आफ्नो ब्यक्तिगत भावना र सोच प्रकट गर्न सक्छौ । हामीलाई त्यो स्वतन्त्रता छ ।



हाम्रो नेपाली समाजले पचाउन सक्ने विचार ,भावना र तस्बिरहरु जस्तोसुकै पनि हामी फेसबुक मार्फत व्यक्त गर्न सक्छौ । बिगत लामो समय देखि फेसबुक प्रयोगकर्ताको मेरो अनुभवमा फेसबुकमा वास्तविकता भन्दा पनि ज्यादा देखावटी प्रबृती हाभी  हुँदै गयको जस्तो लाग्छ । वास्तवमा हामी जे छौं त्यो देखाउदैनौ । आफन्त र साथिहरुको नजरमा उत्कृष्ट बन्न खोज्छौ । देखाउनकै लागि पनि आफ्नो स्तर भन्दा माथी उठ्न खोज्दछौ । यसले हुने सानो ठूलो हानि हामिले भोगिरहेकै छौं । फेरि त्यसलाई पनि ढाक छोप गर्छौं । फेसबुकमा वास्तविकतामा रमाउने मानिसहरु धेरै कम देखेको छु । मेरो बुझाइमा  मेरा फेसबुक प्रयोगकर्ता साथिहरुलाइ यसरी वर्गीकरण गर्दछु ।
१). वास्तविकता लुकाउनु हुने : धेरै मित्रहरु वास्त्विकतालाई छायांमा राखेर असल पक्षलाई मत्र उज्यालोमा राख्न खोज्नुहुन्छ । आफ्नो परिचय दिने कुराहरुलाइ लुकाएर आफ्नो कृतृम दुनियालाइ मत्र देखाउनु हुन्छ । आफू अरुभन्दा फरक, स्तरिय र विद्वान बन्ने प्रयास गर्नुहुन्छ ।हुनत आरुले भन्दा धेरै सामाजिक संजालको महत्व बुझ्नुभएको हुन पनि सक्छ । यो तपाईंहरुको स्वतन्त्रताको बिषय हो । जस्तो बन्न , देखाउन र देखिन पाइन्छ । जय फेसबुक ।

२). सस्तो लोकपृयतामा रमाउनुहुने : कतिपय मित्रहरु सस्तो लोकप्रियताको लागि आफ्ना स-साना कृयाकलाप र कर्यक्रमहरुलाइ वढाे महत्वका साथ फेसबुकमा राख्नुहुन्छ । २- ४ हजारको फेसबुकको जमातमा वाहाहरुको राम्रै संग चर्चा परिचर्चा हुने गर्दछ । जय फेसबुक ।

३). जन्म दिनको सुभकामना लिने दिने : हिजो आज फेसबुके जन्मदिनले धेरै महत्वो राख्ने गरेको छ। जन्म दिनको सुभकामना अत्याधिक धेरै पाइयो भने एकदम लोकपृय भइन्छ भन्ने मान्यताले स्थान पाउदै छ । धेरै भन्दा धेरैलाई दिन सकियो भने आफ्नो पालामा धेरै मार्फत आउने अपेक्षा हुन्छ । जय फेसबुक ।

४).नेताज्युहरु : हिजो आज धेरै जसो जिल्ला स्तरिय र गाउँ स्तरिय साना ठुला सबै खाले नेताज्यु हरुलाइ लोकपृयताको भोक लागिरहदो रहेछ आनि फेसबुके  कार्यकर्तालाई पनि नेताको नजिकको हुनु पर्ने । सिमित परिधिभित्र लोकपृय हुन लाइक , सेयर र पोस्ट गर्ने र गराउन प्रेरित गर्नेहरु प्रसस्तै देखिन्छ । धेरै लोकपृय नेताहरु देख्न मिल्छ फेसबुकमा ।सबैको इच्छा पुरा गरिदिएको छ फेसबुकले । जय फेसबुक ।

५).वास्त्विकतामा रमाउने मित्रहरु : थोरै मित्रहरु फेसबुकको प्रयोग मर्फत आफ्नो वास्तविक जीवनको उजागर गर्नु हुन्छ । सुख , दुख , ठट्टा ,रमाइलो , राम्रो , नराम्रो सबै खाले भावना र तस्बिरहरु राख्नुहुन्छ । विल्कुलै वास्तविक जीवन ।आनि फेसबुकलाइ त्यति धेरै महत्वका साथ पनि हेरिदिनु हुन्न । एउटा भावना प्रकट गर्ने चौतारीको रुपमा मत्र लिइदिनु हुन्छ । फेरि बाटो पर्दा फर्किएर आउने बस त्यति । मालाइ पनि त्यसरीनै फेसबुकको प्रयोग गर्ने मन छ तर धेर थोर यो फेसबुके समाजको जालोमा बेरिएको छु ।

फेसबुकको अर्थ जस्ताको त्यस्तै भन्ने मलाई लाग्छ । हामिले हाम्रो समाजको फेसबुके जमातको लागि आफू भित्रको म चिन्न भुलेको जस्तो लाग्छ । म पनि माथिका केही वर्गीकरणमा अवश्य पर्छु तर आफैलाइ ठीक लागिरहेको छैन । यसमा  केही सामाजिक बध्यताहरु पनि छ्न ।


Comments

Popular posts from this blog

सानो गाउँ , सानो काम तर ठूलो गौरव (आफ्नो गाउँ आफै बचाउँ)