Posts

Showing posts from June, 2021

सानो गाउँ , सानो काम तर ठूलो गौरव (आफ्नो गाउँ आफै बचाउँ)

Image
  नेपालमा दोश्रो लहरको कोरोना भाइरस अत्याधिक धेरै फैलदै गएपछी नेपाल सरकारले लकडाउन गर्यो । विभिन्न पेशा ब्यबसायमा आबद्ध हुने सम्पुर्ण साथिभाइ  र आफन्तजन आ-आफ्नो घरमा मत्र सिमित भएर बस्नुको कुनै बिकल्प नै थिएन । म पनि आफ्नो घरमा बसिरहेको थिए ।भर्खरै दोश्रो लहरको कोरोना भाइरसले दिएको पिडा र दुखलाइ जितेर स्वास्थ्य राम्रो हुँदै गरेको अनिभुती गर्दै थिएं । यसै बेला देश र राजनितीको बिषयमा अत्यन्त चासो राख्ने गाउंको भाइ अर्जुन दाहालको मेसेन्जरमा भिडियाे कल आयो । दाइ, गाउँमा कोरोनाको प्रभाव धेरै बढ्दै छ । यो बेला युवाहरु जुटेर केही रकम सङकलन गरेर गाउँका बिपन्न परिवारलाई खाध्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गर्न सके त धेरै राम्रो काम हुन्थ्यो । मलाइ पनि उसको कुरा अत्यन्त धेरै मन पर्यो,समय सान्धर्भिक र असल बिचार लाग्यो ।मैले केही अरु सोच्दै नसोची मेरो पुर्ण साथ सहयोग हुन्छ भने र हामी  दुइको विचार मिलेपछि हामीले अगाडि वढ्ने निर्णय गर्यौंँ। हामीलाई सल्लाह सुझाव दिनको लागि गाउँका आदरणीय अग्रज दाइहरु विमल दाहाल, भनु भक्त दाहल र तुलशी दाहाल लाई हाम्रो अभियानमा समावेश भएर साथ दिन आग्रह गर्यौ । वहाँहरु