Posts

Showing posts from December, 2020

जय फेसबुक

Image
  हिजो आज हामी अत्याधिक धेरै सामजिक संजालको प्रयोगमा ब्यस्त रहन्छौ । मानिसहरुका विचार, दैनिक कृयाकलाप, सुचना मुलक जानकरी, अपृय घटनाका खबर, सन्देश मुलक जानकारी, घुम घामका तस्बिरहरु, ब्यक्तिगत जीवनमा गरिने साना ठुला जमघट तथा कार्यक्रम लागायत धेरै कुरा सामाजिक संजाल मार्फत देख्न र थाहा पाउन मिल्छ । त्यो पनि विशेष गरि फेसबुक मार्फत । हाम्रो समाजले पचाउन सक्ने जस्तो सुकै बिचार र तस्बिरहरु राखेर हामी आफ्नो ब्यक्तिगत भावना र सोच प्रकट गर्न सक्छौ । हामीलाई त्यो स्वतन्त्रता छ । हाम्रो नेपाली समाजले पचाउन सक्ने विचार ,भावना र तस्बिरहरु जस्तोसुकै पनि हामी फेसबुक मार्फत व्यक्त गर्न सक्छौ । बिगत लामो समय देखि फेसबुक प्रयोगकर्ताको मेरो अनुभवमा फेसबुकमा वास्तविकता भन्दा पनि ज्यादा देखावटी प्रबृती हाभी  हुँदै गयको जस्तो लाग्छ । वास्तवमा हामी जे छौं त्यो देखाउदैनौ । आफन्त र साथिहरुको नजरमा उत्कृष्ट बन्न खोज्छौ । देखाउनकै लागि पनि आफ्नो स्तर भन्दा माथी उठ्न खोज्दछौ । यसले हुने सानो ठूलो हानि हामिले भोगिरहेकै छौं । फेरि त्यसलाई पनि ढाक छोप गर्छौं । फेसबुकमा वास्तविकतामा रमाउने मानिसहरु धेरै कम देखेको छु